प्रेमराज सिम्खडा
कालीकोट असोज २ गते । स्वास्थ्य सेवा कार्यालय कालीकोटले ग्रामिण क्षेत्रमै पुगेर चिकित्साकिय सेवा प्रदाने गरिरहेको छ । स्थानीय तहमा चिकित्साकिय सेवा बिस्तार गर्न कार्यालयले प्रत्येक महिना एक हप्ता दिन सम्म गाउँमै पुगेर सेवा प्रदान गर्ने निति लिएर सेवा सुचारु गरेको हो ।
काँनमा आला, सेतो पोशाक र हातमा गोलप्स लगाएर नगर अस्पताल राँचुली शुक्रवार दिउसो डाक्टर अप्सरा हमाल देखिनुभयो । बिरामीको जाँच गरिरहेको अवस्थामा डाक्टर हमाललाई देखेपछि राँचुलीका नागरिक एक छिन चकित परे । डाक्टर हमालको गृह नगरपनि तिलागुफा नगरपालिका भएकैले पनि धेरैले उहाँलाई यहाँ आएर बिरामीको उपचार गरिरहेको देखेपछि अच्चमीत भएका रहेछन ।
तिलागुफा नगरपालिका वडा नं ४ मा नगर अस्पताल छ । १५ श्यौयाको नगर अस्पतालमा एक जना पनि डाक्टर थिएनन । डाक्टर हमाल शुक्रवार विहानै नगर अस्पताल पुगेर बिरामी उपचारमा खटिनु भएको रहेछ । वडा नं ४ का वडा अध्यक्ष खड्कराज शाहीले कालीकोट अस्पतालवाट यहाँ सेवा दिन आएको आफुलाई पनि जानकारी नभएको तर अस्पतालमा आएर एक्कासी देख्दा सारै खुसि लागेको वताउनुभयो । अध्यक्ष शाहीले सोधपुछ गर्दा डाक्टर नभएका स्थानीय तहमा प्रत्येक महिना एक हप्ता चिकित्सकिय सेवा दिने स्वास्थ्य सेवा कार्यालयको योजना रहेछ, जानकारी पाएपछि आफु लगाएत तिलागुफा नगरपालिकाका नागरिक खुसि भएको वताउनुभयो ।
डाक्टर अप्सरा तिलागुफा नगरपालिका वडा नं ३ को स्थानीय वासिन्दा पनि हुनुहुन्छ । डाक्टर हमालले आफु स्वास्थ्य सेवा कार्यालयको गाउँमा पुगेर चिकित्सकीय सेवा प्रदान गर्ने योजना अनुसार नै यहाँ एक हप्ताका लागि आएको वताउनुभयो । उहाँले बिषेश गरी तीन स्थानीय तहमा डाक्टर नभएकाले प्रत्येक महिना त्यहाँ पुगेर सेवा दिने वताउनुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नविर सुनारले स्थानीय सरकारले चिकित्सकको ब्यवस्था नगरे सम्म आफुहरुले गाउँमै पुगेर प्रत्येक महिना एक हप्ता सेवा दिने योजना वनाए अनुसार डाक्टरहरु गाउँमा पठाएको वताउनुभयो ।
जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले जिल्लाका नौ स्थानीय तह मध्य चार स्थानीय तहमा डाक्टर नभएकाले जिल्लावाटै डाक्टर पठाएर सेवा दिन थालेको वताउनुभयो । उहाँले तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, पचालझरना गाउँपालिका र शान्नीत्रिवेणी गाउँपालिकामा डाक्टर नभएको वताउनुभयो । अन्य स्थानीय तहमा भने डाक्टर रहेका छन । जिल्लाको रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकामा चिकित्सकले सेवा दिदै आएका छन ।
Discussion about this post